अहिले घर जाने बेला हो कि उद्दारमा खटिने ?


काठमाडौंमा भएका युवाहरु झोला बोकेर गाउँ जान आतुर छन् । जसको घर वा मानवीय क्षती भएको छ, उनीहरुप्रति हामीले सहानुभूति देखाउनैपर्छ । तर, अन्य युवाहरुलाई प्रश्न छ- के अहिले घर जाने बेला हो कि युवाहरुको टीम बनाएर गाउँ गाउँमा उद्दार तथा राहतमा जाने बेला हो यो ? यही हो हाम्रो युवाशक्ति ? जो विपतमा परेकाहरुको राहत र उद्दारमा जुट्न छाडेर गाउँ जान हतारिएको छ ।
के हामी नेपालीहरुलाई आपत् परेका बेला कुनै विदेशीले आएर काम गरिरहेका बेला हामी रमिते मात्र बन्ने हो ?

Comments